पाण्डेको नाम सर्वसम्मत हुँदा पाल्पामा हलचल

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

पाल्पा । पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीले प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे उम्मेदवारको लागि सिफारिस गरेको छ । एकीकृत समाजबादी पार्टीको तानसेनमा सम्पन्न जिल्ला सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रूपमा उम्मेदवारको रुपमा सिफारिस गरेको प्रचार विभाग प्रमुख पदम गैरेले जानकारी दिए । पाल्पाली जनताबीच भिजेका पाण्डे एक सादगी , जनपक्षीय र सहज नेताको छवि बनाएका छन् ।

पाण्डे अहिले पनि पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य छन् । उनी पार्टीको पोलिटव्यूरो सदस्य पनि हुन् । नेकपा एमालेबाट पाण्डे २०५१, २०५६, २०७० र २०७४ मा पाल्पा–२ बाट निर्वाचित भइसकेका छन् । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका हुन्।

२०६४ को संविधानसभा सदस्यमा उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए । जनताबीच लोकप्रिय नेता पाण्डे पाल्पा क्षेत्र–२ मा सत्ता गठबन्धनको तर्फबाट पनि बलियो दाबेदार हुन् । सम्भवत: उनि गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुने चर्चा व्यापक छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long