राष्ट्रपतिलाई प्रधानमन्त्रीको काउण्टर, जङ्गिअड्डा पुगे देउवा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले शितलनिवासमा पुर्व र बर्तमान जर्नेलहरुसङ्ग भेटघाट गरेको २४ घण्टा बित्न नपाउदै प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन । ४ वटै कमाण्डका सेनापतिहरुलाई आज दुई दिने चुनावकेन्द्रित ब्रिफिङ्गका निम्ति भद्रकाली डाकिएको छ ।

राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले आज बिहीवार सोही भेलाको उदघाटन गर्ने कार्यक्रम छ। सम्भवत: यसमार्फत हिजो शीतल निवास भेलाको उपादेयतालाई काउन्टर दिन लागिएको पनि हुनसक्ने पर्यवेक्षकहरुको आकलन छ ।

राष्ट्रपति भण्डारीले हिजो बुधबार विभिन्न समयमा सहयोग गरेका,आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी हुन् । राष्ट्रपति भण्डारीले सुरक्षा अधिकारीहरूलाई शीतल निवासमा बोलाएर रात्रि भोजसहित छलफल गरेकी हुन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक नभए पनि आफुलाई रक्षामन्त्री हुदादेखी अहिलेसम्म सहयोग पुर्याएकोमा राष्ट्रपति भण्डारीले उनीहरुलाई धन्यवाद दिएको सुरक्षा श्रोतले बताएको छ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटलाई पनि तिव्रता दिएकी छन् । भण्डारी दोस्रो पटक २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित भएकी हुन् ।राष्ट्रपतिले अप्रत्यासित रुपमा सुरक्षा अधिकारीहरूसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ । केही राजनीतिक विश्लेषकहरुले राष्ट्रपतिले सुरक्षा अधिकारीहरूसँग भेट गर्नुलाई नेपाली राजनीतिमा विकसित पछिल्लो घटनाक्रमसँग पनि जोडेर हेरेका छन् ।

पछिल्लो समय नागरिकता विधेयकको विषयलाई लिएर पनि राष्ट्रपति चर्चामा छिन् । संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि आफुसमक्ष आएको नागरिकता विधेयकलाई उनले सन्देशसहित पुनः प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

तर, प्रतिनिधिसभाको भदौ २ गते बसेको बैठकले पुनः उक्त विधेयकलाई हुबहु पारित गरेको थियो। यसपछि नेपालको राजनीतिमा अनेक अड्कलबाजी हुँदै आएको छ भने राष्ट्रपति र प्रधानमन्त्री बीच टकरावको स्थिति पैदा भएको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long