काङ्ग्रेस ९९ भन्दा तल नझर्ने, प्रचण्ड – माधवले मान्दै नमान्ने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको आजको बैठकले कार्यदल गठन गर्दैछ । मुलतः सिटमा कुरा नमिल्दा कार्यदल गठन गरेर कार्यदलले कुन क्षेत्रमा कसलाई छोड्ने र समर्थन गर्ने भन्ने खाका तयार गर्ने बताईन्छ ।

बैठकमा गठबन्धन गर्ने विषयमा सैद्धानि्तक रुपमा सहमति भएपनि ब्यवहारिक जटिलता भने टाउको दुखाई बनेको छ ।बालुवाटार स्रोतका अनुसार गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले आफ्नो एकल बहुमत पुग्ने गरी सिट बाडफाड होस भन्ने चाहान्छ छ । चुनावपछि माओबादीले धोका दिनसक्ने अनुमान गर्दै काङ्ग्रेसले यस्तो चाहाना लागू गर्ने सोचमा देखिन्छ ।

जस अनुसार ९९ सिटमा कांग्रेसले दावी गरेको छ भने अन्य दलले यसलाई मानेका छैनन । नेपाली कांग्रेस आफुले एक्लै ८० सिटमा आफू जित्ने गरि उम्मेदवारी संख्या तय गर्ने दवाबमा काङ्ग्रेस रहेको बताईन्छ।

त्यसमा समानुपतिक मतको सिट संख्या जोड्दा एकल बहुमत पुग्ने गरि बाडफाड गर्ने नभए बामपंथी बाहेकको सरकार गठन गर्न सकियोस् भन्ने उसको मनसुवा रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बैठक बस्नुअघि कांग्रेस नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनौपचारिक छलफल समेत गरेका छन् । उनीहरुले कांग्रेसको बहुमत पुग्नेगरी गठबन्धन गर्न दवावसहित सुझाव दिएको एक नेताले बताए ।

 

उनिहरुले देउवालाई कांग्रेस नेताहरुले गठबन्धनमा ९९ सय सिट जसरी पनि काङ्ग्रेस आफूले लिने र बाँकी अन्य घटकलाई दिने मनसाय राखेको छ । त्यसो गर्दा समानुपातिकको मत जोड्दा कांग्रेस एकल वहुमतको नजिक पुग्ने नेताहरुको भनाई छ ।

तर माओवादी लगायत अन्य दलले कांग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । माओवादी नेताहरुले प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा जुन दलले जहाँ जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट स्थानीय तह चुनावको नतिजालाई समेत आधार बनाएर बाँडफाँट गर्ने प्रस्ताव राखेका छन् ।

कांग्रेसले ८० सिटमा लडेर बाँकी ८५ सिटमा गठबन्धनका अन्य दलहरुले उम्मेदवारी दिने प्रस्ताव माओवादीको छ । यसमा नेकपा एस,जसपा लगायतका दलहरुको पनि सहमति रहेको एक नेताले बताए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long