प्रचण्ड र माधवको भेट हुँदैगर्दा बर्षमानले गरे एमालेसङ्ग तालमेलको कुरा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौं । सरकारले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्नेगरी मिति घोषणा गर्ने समाचार आइरहदा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ । बिहान सबेरै हात्तिवनस्थित अपार्टमेण्टमा उनिहरुको भेटघाट भएको हो ।उक्त भेटघाटमा नारायणकाजी श्रेष्ठ पनि रहेको बताइन्छ ।उनिहरुले भेटघाट गरेको हात्तिवनस्थित सिटिस्केप अपार्टमेन्ट प्रचण्डका भान्जा गोकुल भण्डारीको निवास हो। बिहान ७ बजदेखि झण्डै ८ बजेसम्म भेटवार्ता भएको स्रोतले पुष्टि गरेको छ ।

प्रचण्ड र नेपाल बीच भेटघाट हुँदै गर्दा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा पार्टी एकता हुन सक्ने बताएका खबर बाहिरिएका छन ।

विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै पुनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए ।

पुनले एमाले नेताहरूसँग आफूहरूको संवाद भइरहेको समेत खुलासा गरेका छन् । दीर्घकालीन रूपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरू नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरूसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long