खोप अभियान चलाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खुल्ने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । सरकारले खोप अभियान सञ्चालनका लागि माघ १५ गतेपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ। खोप अभियान माघ १६ देखि २० गतेसम्म चलाउने सरकारले निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीचको बैठकले खोप दिने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।

यसअघि सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

बैठकले विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long