पाँच दलीय गठबन्धन तोड्दै देउवा !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले भईरहेको गठबन्धले तोड्ने भित्री तयारी गरेको रहस्य खुलेको छ । प्रधानमन्त्री देउवाले सत्तामा रहेका पाँच दलीय गठबन्धन तोड्ने तयारी गरिरहेका हुन ।

अमेरिकी सहयोग सम्झौता (एमसीसी) को कारण पाँच दलीय गठबन्धनमा खटपट सुरु भएको कुरा बाहिर आईरहेको बेला प्रधानमन्त्री देउवाले पनि त्यस्तै तयारी थालेको बुझिएको हो ।

पार्टीभित्र आफूनिकटकाहरुसँग गठबन्धन तोड्नेबारे भित्री रुपमा छलफल चलाएको स्रोतको दाबी रहेको छ । उनले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारी समेत गरेका छन् । एमसीसी पास गराउनको लागि सत्तारुढ दलभित्रै एकरुपता नभएकोले प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर जाने निश्कर्ष निकालेका हुन । तर, सत्तारुढ दलका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालले पछिल्लो सार्वजनिक कार्यक्रममा एमसीसीकै कारण गठबन्धन नटुट्ने र आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउँदै आएपनि कांग्रेसका शीर्ष नेताहरुले अबको निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने बरु एक्लै लड्ने बताइृरहेका छन् ।

 

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long