नेकपा एमालेको विधान महाधिवेशन गोदावरीमा हुँदै,६ हजार प्रतिनिधिको यसरी हुँदैछ व्यवस्थापन

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी एमालेको पहिलो विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा शुरु हुँदैछ । महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । महाधिवशेनको उद्घाटन सत्रलाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमाले विधान महाधिवेशन मूल व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरेर व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेस गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल गरिने र १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन हुनेछ ।

उद्घाटन सत्रपछि महाधिवशेनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्त दुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक रहेको मूल व्यवस्थापन समिति गठन गरेको छ । व्यवस्थापन समितिको सचिव शेरबहादुर तामाङ र सदस्यहरूमा कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा रहेका छन् ।

व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरू मञ्चमा हुनेछन् भने मूल हलमा ३ हजार प्रतिनिधि रहनेछन् । दायाँ–बायाँको हलमा १–१ हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर १–१ हजार क्षमताको हल बनाइएको छ । व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनका अनुसार सहभागीहरूलाई बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ भने खाजा प्याकेटमा दिइनेछ । साँझको खाना भनेको बास बसेकै स्थानमा वा आफ्नै व्यवस्थापनमा खानुपर्नेछ । आवासका लागि प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा प्रदेश कमिटीहरूले नै व्यवस्था गर्ने प्रबन्ध मिलाइएको थापाले बताए ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long