टिकटक बनाउन सेती नदी छेउ पुगेकी युवती नदीमा खसेर बेपत्ता

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा । तनहुँस्थित सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छिन् । उनले भर्खर मात्र बिहे गरेकी थिईन । । मङ्गलवार दिउसो तनहुँको शुक्लागण्डकी स्थित सेती नदीमा खसेर ती उनी बेपत्ता भएकी प्रहरीले बताएको छ । । उनको यही भदौ २६ गते मात्र भिमादको किहूँस्थित हरिप्रसाद सिग्देलसंग विवाह भएको थियो।

 

स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिम बस्दै आएकी १९ वर्षकी पवित्रा लम्साल नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मङ्गलवार दिउँसो साथीहरूसँग टिकटक बनाउने क्रममा उनी सेती नदीमा खसेको बताइन्छ । उनको टिकटक भिडियो हेर्दा उनी नदीमा जोखिम मोलेरै गएको देखिन्छ । त्यस स्थानमा सेती नदी डरलाग्दो तरिकाले उर्लिएको भिडियोमा देखिन्छ । लम्साल अचानक चिप्लिएर नदीमा खसेपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उनले जानकारी दिए ।

 

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार तनहूँको पुलचोकस्थित रक गार्डेनस्थित माथिल्लो काठको पुल छेउमा बसेर टिकटक बनाउने क्रममा चिप्लिएर लम्साल सेतीमा खसेकी हुन् । उनी खसेकी हुन् या होइन भन्ने विषयमा छानबिन भइरहेको उनले बताए । उनको खोजीकार्य तीव्र बनाइएको र साँझ ७ बजेसम्म पनि फेला नपरेको तिमिल्सिनाले बताए ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long