जेन-जी आन्दोलनका क्रममा प्रहरीको हत्यामा संलग्न युवराज पक्राउ

काठमाडौ । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा २४ गते काठमाडौको महाराजगञ्जमा भएको प्रहरी हत्यामा संलग्न रहेको आरोपमा एक जना युवकलाई प्रहरीले  पक्राउ गरेको छ। काठमाडौं प्रहरीले विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो।

जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा २०८२ भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको ज्यान गएको थियो।

सामाजिक सञ्जालका विभिन्न फुटेजको अध्ययनका आधारमा पहिचान भएका विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा क्यापछाकी नै प्रहरी हत्यामा संलग्न रहेको ठहर भएको हो।

जिल्ला प्रहरी परिसर, भद्रकालीकी निमित्त प्रवक्ता डीएसपी पूर्णिमा चन्दका अनुसार उक्त घटनाको थप अनुसन्धान जारी छ।

क्यापछाकीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रोटोन एजुकेसन
adb bank long