५ करोड फिरौती मागेका अपहरणकारीले गरे १४ बर्षीय बालकको हत्या

सिरहा । ५ करोड फिरौती मागेका अपहरणकारीले सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या गरेका छन्। अपहरणकारीले उनको हत्या गर्नु अगाडी परिवारलाई इमोवाट ५ करोड रूपैया फिरौती मागेका थिए ।

तीन दिन अघिदेखि बेपत्ता भएका अभिषेकको शव मंगलबार बिहान अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिएका छन्।

असोज ५ गते आइतबारदेखि अभिषेक सम्पर्क बिहिन भएका थिए। सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न गएको ठानेर त्यति धेरै खोजतलास गरेनन्। तर, अर्को (सोमबार) बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट उनकी आमाको मोबाइलमा अभिषेक अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो ।

त्यतिबेला मोबाइलमा इमोमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश आएको पाइएको वडा अध्यक्ष महतोले बताए। हिन्दीमा लेखिएको उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन भनिएको थियो। साथै, प्रहरी वा पत्रकारलाई खबर गरेमा जे पनि हुन सक्ने धम्की पनि दिइएको थियो।

अहिले प्रहरीले घटनास्थललाई शिलगरि अनुसन्धान गरिरहेको छ ।

फिरौती रकम दिन दिएको समय अगावै किन हत्या गरियो यो भने अनुसन्धान पछि नै खुल्ने छ ।

प्रोटोन एजुकेसन
adb bank long