सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर २ स्थित हर्दिया घर भएका स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेका छन्।
उनीहरूसंगै केशरीकि ८ बर्षीया छोरी प्रियान्सु चौधरी नुहाउन भन्दै गएका थिए ।
डुबेको घटनाबारे प्रियान्सुले जानकारी गराएपछि स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेको प्रहरीले बताएको छ ।