यी प्रदेशमा छ मध्यमदेखि भारी बर्षाको सम्भावना

काठमाडौ । हाल नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदहरूले बताएका छन्।

जसको प्रभावले आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने छ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 
प्रोटोन एजुकेसन
adb bank long