चाडपर्व लक्षित काठमाडौ प्रहरीका सुरक्षा योजना : १४ ठाँउमा सहायता कक्षदेखि व्यक्तिका घर सुरक्षासम्म


काठमाडौ ।  काठमाडौँ उपत्यकामा दशैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ ।

सुरक्षाका लागि चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

परिसरका अनुसार ९१ स्थानमा पिकेट ड्युटी परिचालनका लागि तीन सय ६४ जना प्रहरी परिचालन गरिने छ ।

यसैगरी हाल बल्खु, कङ्लकी र नयाँ बसपार्क गरि तीन ठाँउमा मात्र यात्रु सहायता कक्ष राखिएकोमा अब १४ ठाँउमा नागरिक सहायता कक्ष सञ्चालन गररिने भएको छ ।प्रहरीका अनुसार पूजापाठ हुने स्थान, टिकट बिक्री हुने स्थान, खसी बोका खरिद बिक्री हुने स्थान, सपिङ सेन्टर तथा महल, गरगहना पसलमा विशेष सुरक्षा प्रदानसहित सादा पोसाकका प्रहरी परिचालन गरिने छ ।

दसैँ, तिहारलगायत चाडपर्वमा चोरी, पकेटमारी, लुटपाट, कुटपिटलगायत घटना बढी हुने भएकाले सादा पोसाकका प्रहरी उल्लेख्य मात्रामा परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसै गरी क्यूआरटी टोली, मोबाइल टोली, मोटरसाइकल क्यूआरटी टोली खटिने जनाइएको छ ।

परिसरले तयार गरेको सुरक्षा योजनामा व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश गरिएको छ । दसैँमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रोटोन एजुकेसन
adb bank long