दशैँ नजिकिएसंगै भारतबाट नेपाल फर्किनेको लर्को

कोहलपुर। नेपालीहरूको महानचाड बडादसैँ, दिपावली र छठ नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीहरू घर फर्कन थालेको प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ।

सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक सातामा चार हजार ७७३ जना नेपाली फर्किएका छन्। प्रत्येक दिन सो नाकाबाट भित्रिनेको सङ्ख्यामा बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्यांकमा उल्लेख छ।

चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाएर रमाइलो गरी मनाउने गरिन्छ । जसकारण घर बाहिर लामो समय एक्लो भएर बस्नुपरेको आभासलाई रमाइलोमा परिणत गरिदिन्छ।

त्यसैले छिमेकीमूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि, कोही लामो समयका लागि घर फर्किनेक्रम जारी छ। अधिकांश खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन्। खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडवार्ड मनाउन घर आउने गरेका पाइन्छन्।

प्रोटोन एजुकेसन
adb bank long