सैनिक ब्यारेकबाट फर्किए ओली, कहाँ बस्दैछन् अब ?

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलन चर्किएपछि राजीनामा दिएर २४ गते सैनिक ब्यारेक शिवपुरीमा बस्दै आएका अध्यक्ष ओली बिहीबार बाहिर आएका हुुन् ।

 

यसअघि निजी निवास बालकोटमा बस्दै आएका अध्यक्ष ओलीको निवासपनि प्रदर्शनकारीले आगजनी र तोडफोडगरी बस्न नमिल्ने बनाएका छन् । योसंगै आम जनमानसमा अब ओली कहाँ बस्छन् भन्ने चासो बढेको छ ।

उनी हाल भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बस्ने भएका छन् । अध्यक्ष ओलीलाई त्यहाँ ल्याउने पहल एमाले पोलिब्युरो सदस्य महेश बस्नेतले गरेका हुन्। बस्नेतले ओलीलाई भव्य कार्यक्रम मार्फत् सार्वजनिक गरिने भन्दै सार्वजनिक बक्तव्य नै दिएका छन्।

अहिले ओली निवासमा एमाले नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ।

संभवत बस्नेत भनेझै ओली भोलि संविधान दिवसका दिन पार्टीले आयोजना गरेको कार्यक्रममा उपस्थित हुन सक्नेछन् ।

 

प्रोटोन एजुकेसन
adb bank long