कसले जित्यो ‘नेपाल आइडल सिजन-६’ को उपाधि ?

काठमाडौ। गायन रियालिटी शो ‘नेपाल आइडल सिजन-६’ सम्पन्न भएको छ ।

ग्राण्ड फिनालेमा चार जना प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपाल्चोककी गंगा सोनामले उपाधि हात पारेकी हुन्।

उनले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ प्राप्त गरेकी छन्। त्यस्तै भारतकी बबिता थापामगर फस्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन्।

उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन्।

अघिल्लो वर्ष सम्पन्न ‘नेपाल आइडल सिजन -५’ मा करण परियारले उपाधि हात पारेका थिए।

प्रोटोन एजुकेसन
adb bank long