बुटवल । गएराती परेको बर्षासंगै विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पुन: बगाउँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर (सुस्ता पूर्व)को दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ।
खोलामा बाढी आएपछि हिजो मंगलबार दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो । डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ। पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ।
अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो गाडी चल्न सक्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पानीको वहाव कम हुँदै गएकोले दिउँसोसम्म गाडी चलाउन सक्ने गरी काम हुने कार्यालयको दाबी छ।