रामेछाप । रामेछापमा भिनाजुले सालोलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ्गबोलङ्गका बिनोद भन्ने सोमवहादुर स्लामी मगरले आफ्नै सालो लवकुमार थापामगरलाई खुकुरी हानी हत्या गरेको रामेछाप प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो आफ्नै घरमा एक्लै बालबच्चा हेरेर बसिरहेको अवस्थामा सोमबहादुरले सालो लवकुमारलाई पुरानो रिसिवीको कारण देखाउँदै खुकुरी र हम्वरले हानेर विभत्स हत्या गरेका हुन् ।
सालाको हत्या गरेर भाग्दै गरेका सोमवहादुरलाई सिन्धुली प्रहरीले च्याखुटारवाट प्रक्राउ गरेको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीको टोलीले घटनास्थलको स्थलगत रिर्पोट तयार गरी मृतकको शव लिएर पोष्टमार्टमको लागि सदरमुकाम मन्थली आउँदै गरेको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।