काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ। भट्टराई एयरपोर्ट अध्यागमन प्रमुख थिए।
भट्टराईलाई हिजोमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृह मन्त्रालय तानिएको थियो।
भिजिट भिसामा गडबडी गरेको उजुरीको आधारमा अख्तियारले छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा छापा मारेको हो। स्रोतका अनुसार छापा मार्ने क्रममा अन्य केही कर्मचारी र व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ।
यो रेड अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको आधारमा गरिएको बताइएको छ। पक्राउ परेकाहरूको पहिचान र उनीहरूमाथि लागेका आरोपबारे विस्तृत जानकारी हालसम्म सार्वजनिक गरिएको छैन।