सरकार ढल्दैछ भन्ने हल्लाबारे एमाले महासचिवको यस्तो आयो भनाई

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताएका छन् । पोखरेलले एमाले र नेपाली कांग्रेसको गठबन्धन ८४ को चुनावसम्म निरन्तर रहने पनि  बताएका छन् ।

बुधबार प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले  भने, ‘दुई दलबीच समझदारी हुँदासम्म सरकार ढल्दैन् । समझदारी नभए कसैले सरकार ढल्छ भन्नै पर्दैन ।’

सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै उनले साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको दोहोराए ।

प्रोटोन एजुकेसन
adb bank long