आजै गभर्नर सिफारिस समितिको बैठकपछि क्याबिनेट, को बन्ला राष्ट्र बैंकको १८औं गभर्नर ?

काठमाडौ । गभर्नर सिफारिस गर्न सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री बिष्णु पौडेलले सिफारिस समितिको बैठक बोलाएका छन् ।

समितिको बैठकले आजै बिश्व पौडेलसहित तीनजनालाई सिफारिस गर्नेछ । ती तीनजनाबाट पौडेललाई आज साँझ बस्ने क्याबिनेट बैठकले गभर्नर नियुक्त गर्ने प्रवल संभावना रहेको छ।आजै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा बिश्व पौडेल  नियुक्त हुनेछन् ।

१० चैतमा सिफारिस समिति गठन गरिए पनि एकपटक पनि बैठक बस्न सकेको थिएन ।

समिति गठनको करिब दुई महिनापछि मंगलबार अपराह्न ४ बजे समितिको बैठक बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसअघि  आजै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । बैठकमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए ।

प्रोटोन एजुकेसन
adb bank long