काठमाडौं । पटक पटक हेर्न नमिल्नेमा रहदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनवाइ सुरू भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मुद्दाको सुनवाइ सुरू भएको हो । बहस सकिएपछि लामिछानेलाई छाड्ने, नछाड्ने आदेश हुनेछ। उनका समर्थकहरु भने उनी छुट्नेमा आशावादी देखिन्छन् ।
यसअघि यो रिटमाथिको सुनवाइ पटक-पटक हेर्न नमिल्नेमा परेर स्थगित हुँदै आएको थियो । आज भने हेर्न नमिल्नेमा परेन । एक महिनाअघि दायर भएको रिटमा बल्ल दोस्रो सुनवाइ भएको हो । सम्भवतः आजै आदेश आउनेछ ।