अर्थमन्त्रीले बोलाए पहिलोपटक गभर्नर सिफारिस समितिको बैठक

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिको बैठक झ्ण्डै दुई महिनापछि आज बोलाइएको छ ।

गत चैत १० गते सिफारिस समिति गठन गरिए पनि अहिलेसम्म एकपटक पनि बैठक बस्न सकेको थिएन ।

गभर्नर सिफारिस समितिमा यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको थियो । बैठक नबसेको भन्दै पहिलो पटक बनेको समितिको सदस्यबाट डा. विजयनाथ भट्टराईले पहिले नै राजीनामा दिएका थिए । डा. पौडेल पनि राजीनामा दिएर आफैँ गभर्नरको दौडमा छन् ।

दोस्रोपटक निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डेलाई सदस्य नियुक्तगरी समितिलाई पूर्णता दिइएको थियो ।

आज अपरान्ह ४ बजे बस्नेगरी बोलाइएको गभर्नर सिफारिस समितिको बैठकले एकजना डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्ने बुझिएको छ ।

उता देउवालाई बालुवाटारमा भेटे लगत्तै प्रधानमन्त्रीले बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएका छन् । सम्भवतः आजै सिफारिस समितिले सिफारिस गरेर मन्त्रिपरिषद्मा पेश गरेसंगै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त हुने सम्भावना छ ।

प्रोटोन एजुकेसन
adb bank long