काठमाडौ । आज हुने भनिएको प्रधानमन्त्रीको सांसदसंगको सवाल-जवाफ स्थगन भएको छ ।
आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ र सो बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको थियो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको सचिवालयलाई उदृत गर्दै जानकारी दिएका छन् ।