अनेरास्ववियुको २४ औँ महाधिवेशनको लोगो र झण्डा सगरमाथा शिखरमा

काठमाडौ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशनको लोगो र संगठनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ ।

जेठ ५ गते बिहान ८ः४० बजे लोगो र झण्डा सगरमाथामा फहराइएको संगठनका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिएका छन् । विश्व प्रसिद्ध हिमाल आरोही मिङ्मा डेभिड शेर्पाले अनेरास्ववियुको लोगो र झण्डा सगरमाथाको सिरमा पुर्‍याएका  थिए । अनेरास्वयिुले सो कार्यका लागि उनलाई धन्यवाद दिएको छ ।

अनेरास्ववियुले जलवायु परिवर्तनको असर र हिमाली पारिस्थितिकीतन्त्रको संरक्षणलाई केन्द्रमा राखी भावी अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । ‘हामी वातावरणीय न्याय, हिमालको संरक्षण तथा दिगो विकासका पक्षमा दृढ रहँदै अघि बढ्नेछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रोटोन एजुकेसन
adb bank long