काठमाडौ । अरूलाई भ्रष्टाचार र सुशासनको पाठ रटाउने बालेनको काठमाडौ महानगरपालिकाको बेरूजु देशका छ वटा महानगरपालिका मध्ये सबैभन्दा बढी छ ।
छ वटा महानगरपालिका मध्ये काठमाडौ महानगरको सबैभन्दा बढि ६८ करोड २ लाख, पोखरा महानगरको ५० करोड ४३ लाख, वीरगञ्ज महानगरको २२ करोड ७५ लाख, भरतपुर महानगरको १० करोड २ लाख, ललितपुर महानगरको ५ करोड ५५ लाख र विराटनगर महानगरको २ करोड ८ लाख बेरूजु देखिएको छ ।
यतिमात्र होइन उता सन् २०२४ को मे १४ देखि २५ सम्म फ्रान्समा सम्पन्न “कान्स फिल्म फेस्टिभल” का निम्ति मेयर बालेनलाई मात्र निम्तो आएको थियो । तर, उनले आफ्ना युट्युब व्यवस्थापक कुमार व्यञ्जनकार (बेन) र सहपाठी सुनिल लम्साललाई आफैंसँग लिएर गए । कानुनले नचिन्ने ती दुवैलाई बालेनले महानगरको खर्च हाल्ने गरी निर्णय गराएर लगेको बुझिएको छ । दुई जनाको २० लाख रुपैयाँँ खर्च बेरुजु देखिएको महालेखाको ठहर छ ।
तर, उनै बालेन सोमबार गणतन्त्र दिवस २०८२ को मुल समारोह समितिको बैठकमा सहभागी भएनन् । हुनत उनी मेयर भएर आएपछि यश अघिका गणतन्त्र दिवस समारोहका बैठकमा पनि उपस्थित भएका थिएनन् ।
गणतन्त्र दिवस मूल समारोह समितिमा प्रधानमन्त्रीको अध्यक्षतामा, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहन्छन्।
यसरी बालेन अनुपस्थित भएको खवर यत्रतत्र भएसंगै उनै ६८ करोड २ लाख बेरूजुको सिरानी लगाएका बालेनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् :-
जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,
देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ , त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?
Sorry KP Oli , I dont Support Your Corrupt System 🙂