प्रधानमन्त्री ओलीमाथि किन खनिए कांग्रेस प्रवक्ता महत ?

पोखरा। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफूहरुले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रोफेसनल मान्छे आओस् भन्ने चाहेको बताएका छन् । आइतबार कांग्रेस कास्की क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको जस्त मानसिकताबाट गठबन्धन नचल्ने बताए । मैले जे सोच्छु त्यही नै सत्य हो भन्ने प्रधानमन्त्री ओलीको मानसिकता रहेको उनको टिप्पणी छ । ‘मैले जे सोच्छु, त्यही नै ध्रुव सत्य हो, अरूले मेरो किन विरोध गरिरहेका होलान् भन्ने मानसिकताबाट गठबन्धन चल्दैन,’ उनले भने ।

प्रोटोन एजुकेसन
adb bank long