गगन थापा भन्छन् – काङ्ग्रेसभित्र उकुसमुकुस छ

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र उकुसमुकुस रहेको बताएका छन्।

‘नेपाली कांग्रेस पार्टीभित्र एकखाले उकुसमुकुस छ, गुनासो, छटपटाहट, असन्तुष्टि सबै छन्। तर, मैले अवसर पनि छ भनिरहेको छु। कांग्रेस पार्टीको बारेमा हामीले टेक्निकल र ब्यूरोक्रेटिक कुरा गर्‍यौँ। चुनावको कुरा गर्‍यौँ, चुनाव जित्नुपर्छ भन्यौँ, को उम्मेदवार बन्ने कुरा गर्‍यौँ। यो पटकको घटनाले हामीलाई के सिकाएको छ ? हामीले चुनाव जितेका छौँ, नेपालको सबैभन्दा ठूलो पार्टी हौँ अहिले। हामी सबैतिर सरकारमा छौँ, हामी सरकारमा नभएको ठाउँ नै छैन। पालिकामा सरकार, वडामा सरकार, प्रदेशमा सरकार, सङ्घमा सरकार, अहिले बनाएको प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो। अब सरकार हाम्रो, गभर्नर हाम्रो, ऊ हाम्रो, त्यो हाम्रो। अब सबै जताततै हाम्रै हाम्रो। खुसी हुनुपर्ने हो नि कांग्रेस त, सबै हाम्रो भएको बेलामा किन खुसी नभएको त ? अहिले के देखियो भने हामीले खोजेको त्यो होइन रहेछ,’- उनले भने।

आज सोमबार बीपी कोइरालाको जीवनकथामा आधारित उपन्यास ‘सान्दाजु’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रोटोन एजुकेसन
adb bank long