क्याबिनेट बैठक स्थगित गरेर किन भेट्दैछन् ओली-देउवा ?

काठमाडौ । अहिले साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी ओलीले बोलाएको मन्त्रिपरिषद्को बैठक स्थगित गरेर  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजै साँझ ६ बजे बस्ने मन्त्रिपरिषद्को बैठक अगाडि ओलीले देउवासँग भेट गर्न लागेका हुन् ।  कुरा ठिकठाक भएमा दुई नेताको वार्ता पछि क्याबिनेट बस्न पनि सक्ने बालुवाटार श्रोतको दावी छ।

प्रधानमन्त्री ओली र देउवा छिट्टै गभर्नर नियुक्ति गर्ने तयारीमा छन् । प्रधानमन्त्री ओली निकट स्रोतले पनि सोमबार नै गभर्नर नियुक्ति हुन सक्ने सम्भावना रहेको जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भइरहेका बेला आजै प्रधानमन्त्री ओली र देउवाबीच हुन लागेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रोटोन एजुकेसन
adb bank long