सिद्धिबिक्रम शाह एआईजी भएपछि ११ भाईलाई डीआईजी बनाउने गृहको अन्तिम तयारी

काठमाडौ । एआईजी लालमणि आचार्यको यहीँ  जेठ १० गते उमेर हदका कारण अवकाश हुँदैछ । उनको अवकाशपछि एकजना डीआईजीलाई एआईजीमा बढुवा गरिने र त्यसपछि ११ एसएसपीलाई डीआईजी बढुवा सिफारिस गरिने तयारी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

आचार्यको ठाउँमा राष्ट्रिय अनुसन्धान (राअ) बाट नेपाल प्रहरीमा छिरेका नमस्ते टोलीका डीआईजी सिद्धिबिक्रम शाहलाई बढुवा गर्नेगरी आजभोलि नै सूचना निकाल्ने तयारी भएको छ । वैशाख पहिलो साता ६ डीआईजीलाई एआईजीमा बढुवा गरिँदा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी नेपाल प्रहरीमा कार्यरत डीआईजीहरुलाई छुटाइएको थियो ।

शाह एआईजी बढुवा भएपछि हाल रिक्त रहेको डीआईजीको १० पदमा १ पद थप भई ११ हुन्छ । त्यसैले ११ एसएसपीलाई एकै चोटि डीआईजी बनाउने गरी पहिला एआईजी बढुवाको तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

डीआईजी बढुवाका लागि पनि अनुसन्धान विभागबाटै सेवा परिवर्तन गरेका एसएसपीहरू ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ र विमल बस्नेत अहिलेका एसएसपीमध्ये सिनियर छन् ।

त्यसपछि प्रहरीको ११२ टोलीबाट विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर , मुकुन्द मरासिनिसहित पहिलो लटमा एसएसपी बढुवा हुनेलाई डीआईजी बढुवाका दावेदार मानिएको छ ।  ११४ टोलीबाट पनि केहीले डीआईजीमा प्रवेश पाउन दौडधुप चर्को छ।

प्रोटोन एजुकेसन
adb bank long