काठमाडौं । एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारी साताब्यापी चीन भ्रमणमा जान लागेकी छन् । नेपालमा कम्युनिष्ट एकताको पक्षमा रहेको चीनले दुई पटक राष्ट्रपतिको जिम्मेवारीमा रहेकी र एमालेको सक्रिय राजनीतिमा फर्कने कसरतमा रहेकी भण्डारीलाई बोलाउनुलाई कतिपय विश्लेषकले अर्थपूर्ण रुपमा लिएका छन् ।
गतवर्ष पनि भण्डारी चीन भ्रमणमा जाने तयारी भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो। नेपाली राजनीतिक तरलताकाबीच भण्डारीको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
स्रोतका अनुसार भण्डारी जेठ १० गते काठमाडौंबाट बेइजिङ प्रस्थान गर्नेछिन् । चीनको सरकारी निमन्त्रणमा पूर्वराष्ट्रपति भण्डारीको साताव्यापी भ्रमण हुन लागेको बताइएको छ ।
एक साता लामो भ्रमणको क्रममा चिनियाँ सरकारी र चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरू भेटवार्ता हुने बताइएको छ । यो भ्रमणमा एमालेका नेताहरू पनि सामेल हुने बुझिएको छ।