काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार साँझ बस्ने तयारी छ । आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले अघि सारेका बिश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने सरकारको तयारी छ ।
सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन् । समितिको बैठक आजै मन्त्रिपरिषदको बैठक भन्दा अगाडी बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ ।
सोही समितिले सिफारिस गरेको आधारमा मन्त्रिपरिषदले विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने बुझिएको छ ।