सत्ता गठबन्धनमा बढ्दैछ खटपट, के हो समस्या ?

काठमाडौ  । अंकगणितमा बलियो वर्तमान सरकारमा दुई शीर्ष नेताबीच सहमति कायम रहेसम्म अथवा अविश्वास उत्पन्न नभएसम्म कुनै समस्या आउँदैन । तर, दिनहुँको खिचलो र फरकफरक विषयमा बढ्दो शंकाले सरकार सञ्चालन र डेलिभरीमा लगातार असर पारिरहेको छ । तर एमाले कांग्रेस सभापतिको मौनताका कारण गठबन्धनमा तत्काल कुनै असर नपर्ने भनेर ढुक्क छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको बहुमत नभई काम गर्न सकिँदैन भन्नुभएको छ । यसले प्रश्न उठाउँछ, के अहिले बलियो गठबन्धन भएर पनि उहाँलाई काम गर्न अप्ठ्यारो परिरहेको हो ?

पछिल्लो समय ओली नेतृत्वको सरकारप्रति कांग्रेसका पदाधिकारीहरुका कटाक्ष र शनिबार संसदीय दलमा भएको छलफल हेर्ने हो भने ओलीलाई कांग्रेसबाटै काम गर्न अप्ठ्यारो परिरहेको भन्ने कुरामा दुईमत छैन । प्रधानमन्त्रीको शासन सञ्चालन शैलीमा नेपाली कांग्रेसभित्र गम्भीर प्रश्न छ, तर सभापति शेरबहादुर देउवा चुपचाप बसेकाले यसले कुनै निकास पाउन सकेको छैन ।

महत्वाकांक्षी उद्देश्यसहित गठन भएको दुई ठुला दलको सरकारमा नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणबाट दरार पैदा भएको हो । तर, सरकारप्रतिको असन्तुष्टिलाई कांग्रेस सभापति देउवा थामथुम पार्ने प्रयासमै छन् । सुन्दा सकारात्मक तर प्रस्तुति व्यंगात्मक रहेको १४ महिनापछि देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर बुझाउने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले समेत नयाँ विवाद सिर्जना गरेको छ । पार्टीभित्र सरकारलाई हेर्ने दृष्टिकोणमा फरकपन देखिँदै गए पनि यसले अहिले नै गठबन्धनलाई असर पार्ने स्थिति नभएको देउवानिकट नेताहरुको दाबी छ ।

‘सामान्य अवस्थाले देश अगाडि बढ्न नसक्ने’ निष्कर्ष निकाल्दै गठन भएको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनलाई नै ‘सामान्य अवस्थामा अघि बढ्न’ मुस्किल परिरहेको देखिएको छ ।

गठबन्धनको सुरुदेखि नै देखिएका मनमुटाव गभर्नर नियुक्ति प्रकरणले झन् झाँगिदै गएको स्थिति छ । खासगरी, सरकारले भनेजस्तो लय लिन नसकेको, सरकार गठन गर्दा तय गरिएको मूल मुद्दामा ध्यान नदिएको जस्ता विषयमा गठबन्धनभित्र पटक-पटक असन्तुष्टि स्पष्ट देखिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको बहुमत नभई काम गर्न सकिँदैन भनेका छन् । यसले प्रश्न उठाउँछ, के अहिले बलियो गठबन्धन भएर पनि उहाँलाई काम गर्न अप्ठ्यारो परिरहेको हो ?

प्रोटोन एजुकेसन
adb bank long