ट्रम्पको नयाँ प्रस्तावले विश्वभर हलचल

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पको एउटा नयाँ प्रस्तावको अहिले फेरि विश्वका धेरै देशमा चर्चा भइरहेको छ। र, यसले हलचल ल्याएको छ ।

उनले  आप्रवासीहरुका लागि एउटा नयाँ  विधेयक ल्याएका छन् , जसले आप्रवासी समुदायमा हलचल मच्चाएको छ। प्रस्ताव विदेश पठाइने डलरका बारेमा रहेको छ। आप्रवासीले आफ्नो देशमा पठाउने प्रत्येक डलरमा ५ प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ। यसले आप्रवासीको परिवार, लगानी र तिनलाई घरसँग जोड्ने जीवन रेखामाथि प्रत्यक्ष प्रभाव पार्नेछ।

यसले गैरअमेरिकी नागरिकले आफ्नो देशमा पठाएको पैसामा ५ प्रतिशत रेमिट्यान्स कर लगाउने प्रस्ताव गरेको छ। अमेरिकामा नेपालसहित भारत, मेक्सिको, चीन र फिलिपिन्सलगायतका देशका मानिस बस्छन्। यसबाहेक क्यानडा, स्पेन र जर्मनीका मानिस पनि अमेरिकामा बसोबास गर्छन्। यो प्रस्तावका कारण यी देशले नोक्सानी व्यहोर्न सक्छन्।

प्रोटोन एजुकेसन
adb bank long