काठमाडौ । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाबीच पछिल्लो समय सम्बन्ध चिसिएको चर्चा छ । सम्बन्ध चिसिनुको कारण एनआरएन रहेको बताइन्छ ।
खासगरी गैरआवासीय नेपाली संघलाई लिएर प्रधानमन्त्री ओली र मन्त्री राणा फरक फरक कित्तामा उभिएका छन् । डा. बद्री केसी नेतृत्वको एनआरएनएको कार्यकाल बाँकी नै रहेकोले त्यही समिति आधिकारिक भएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीलाई मन्त्री राणाले भने चूनौति दिईन् । डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा उनै मन्त्री राणा प्रमुख अतिथि बनेर पुगिन् । र, महेश श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिलाई बधाईसमेत दिईन् ।
त्यसयता प्रधानमन्त्री ओली र मन्त्री राणाबीच सम्बन्धमा चिसोपना आएको चर्चा छ । त्यसको प्रभाव प्रधानमन्त्री ओलीले सगरमाथा सम्वादमा भाग लिन आएका पाहुनाहरुलाई दिएको रात्रिभोजमा मन्त्री राणा देखिईनन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेको उक्त रात्रिभोजका तस्विरमा परराष्ट्रमन्त्री राणा कतैपनि नदेखिनुले कतै दुई नेताबीच सम्बन्धमा साँच्चै नै दरार आएको त होईन भन्ने कुरालाई बल पुगेको छ । कांग्रेस–एमाले सहकार्यमा अहिले गभर्नर नियुक्तीको विषय पनि पेचिलो बनेको छ । दुई महिना हुनलाग्दासमेत अहिलेसम्म गभर्नर टुँगो लाग्न सकेको छैन् ।
















