काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुटुमा समस्या देखिएको छ । मुटुमा समस्या देखिएपछि नेपाललाई अस्पताल पुर्याइएको थियो। त्यसपछि उनको एन्जिओप्लास्टी सर्जरी गरिएको छ ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको सर्जरी गरिएको सो पार्टीका प्रचार उप प्रमुख दामोदर अर्यालले जानकारी दिए ।
मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । पूर्वप्रधानमन्त्री नेपाललाई सघन उपचार कक्षमा राखिएको छ ।
उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिए ।