हजारौं सामाजिक सञ्जाल एकाउन्ट ब्लक गर्ने भारतको निर्णय

काठमाडौ । भारत – पाकिस्तानसँग बढ्दो तनावबीच भारत सतकारले मानवअधिकार रक्षकहरू र अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलगायत हजारौं सामाजिक संजाल एकाउन्ट बन्द गराएको छ ।

भारतले यसअघि केही समाचार संस्थासँगै दर्जनौं पाकिस्तानी युट्युब च्यानलहरूलाई उत्तेजक सामग्री फैलाएको भन्दै प्रतिबन्ध लगाएको थियो। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम खाता पनि प्रतिबन्धित गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतले सामाजिक सञ्जाल एक्सलाई लाई आठ हजार भन्दा बढी खाता ब्लक गर्न निर्देशन दिएको थियो। यसलाई एक्सले ‘सरकारी सेन्सरसीप’ भन्दै अनिच्छासाथ पालना गर्नुपरेको बताएको छ ।

अधिकांशले हजारौं सामाजिक सञ्जाल एकाउन्ट बन्द गर्ने भारत सरकारको कदमको निन्दा गरेका छन् । उनले भारत सरकारलाई ‘डिजिटल अधिनायकवादको विश्व अगुवा’ को संज्ञा दिएका छन् ।

प्रोटोन एजुकेसन
adb bank long