भारत-पाकिस्तानबीच रातभर मिसाइल हानाहान

काठमाडौँ । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा त्रासको वातावरण छाएको छ । भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर बुधबार राति पाकिस्ताविरुद्ध हवाई आक्रमण गरेसँगै पाकिस्तानले पनि जवाफी हमला गरेको छ । विहीबार बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका छन् ।

आक्रमण तीव्र भएपछि आईपीएलको खेल समेत स्थगित गरिएको छ।

बीबीसीले पाकिस्तानले सतवारी, साम्बा, आरएस पुरा र अर्नियालाई लक्षित गरी ८ वटा क्षेप्यास्त्र प्रहार गरेको सरकारी टिभी च्यानलाई उदृत गर्दै समाचार लेखेको छ ।

पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ ।

ती आक्रमणलाई भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ ।

प्रोटोन एजुकेसन
adb bank long