त्यो भाइरल बनेको बालेनले सुनितालाई चुम्बन गरेको भिडियो र अहिले पानी बाराबारको अवस्था

काठमाडौ ।  काठमाडौं महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोलको गत साउन महिनाको अन्तिमतिर एक भिडिओ भाइरल भएको थियो।  पछिल्ला केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा छ्याप्छ्याप्ति भएको छ।

फेसबुक पेजमा आएको उक्त भिडिओमा मेयर साहले उपमेयर डङ्गोललाई चुम्बन गरेको दृश्य समावेश थियो । यसले शुरुमा निकै हंगामा पिट्यो ।

झट्ट हेर्दा भिडिओ वास्तविक जस्तै देखिए पनि त्यसलाई नियालेर हेर्ने हो भने भिडिओ ‘डिफफेक प्रविधि’को सहयोगमा तयार पारिएको पुष्टि हुन पुग्यो।

यो थियो, बालेन र सुनिताको सम्बन्ध राम्रै छ भन्ने पनि । जे होस् त्यसबेला सम्बन्ध राम्रै थियो। बालेनले गरेका काममा सुनिताको बिरोध सुनिदैनथ्यो । तर पछिल्लो समय यो अवस्था फेरिएको छ।

निर्वाचित भएपछिका केही समय भने बालेन–सुनिताबीच सुरुवाती ट्युनिङ समन्वयात्मक नै देखियो । जबकि, वडाध्यक्षहरूसँग सुरुदेखि नै मेयर बालेनको सम्बन्ध त्यति सुमधुर थिएन । वडाध्यक्षहरूले घेरेका बेला उपमेयर पनि त्यो मोर्चामा सामेल भएको भए बालेनलाई निकै अप्ठेरो पर्ने पक्का थियो । तर, वडाध्यक्ष र मेयरबीचको नोकझोँकबाट टाढै बसेर सुनिता धेरैपटक विवाद मिलाउने मध्यस्थकर्ताको भूमिकामा देखिइन् ।

गत १० असारमा बजेट सार्वजनिक गर्ने दिन महानगरको अधिवेशनमा बालेन र सुनिताबीचको खटपट बाहिरिएको थियो । झण्डै दुई वर्ष बालेनको कार्यशैलीबारे सार्वजनिक टिप्पणी नगरेकी सुनिता त्यो बैठकमा निकै कडा रूपमा प्रस्तुत भइन् । उनको असन्तुष्टि मूलतः बालेन लक्षित थियो । सुनिताले मेयरको कार्यशैलीमाथि चर्को टिप्पणी मात्र गरिनन्, घुमाउरो पारामा आगामी सहकार्य ठीक ढंगले जान नसक्ने चेतावनीसमेत दिइन् । त्यसपछि बालेनका कार्य र शैली प्रति सुनिताले प्रश्न उठाउदै कडा ढंगले उत्रिएकि छन् । एमालेले आयोजना गरेको यही बैशाख ११ गतेको युथ सेलिब्रेसनमा सुनिताले बालेनप्रती कडा प्रहार गरिनन्।

पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलबीच ‘टकराव’ कारण महानगर भन्द्रगोल अवस्थामा पुगेको छ। काठमाडौं टावरको नक्सापास विवाद चर्केपछि प्रमुख साह र उपप्रमुख डंगोलबीच लय मिल्न नसकेको हो।

यसको प्रत्यक्ष असर भने महानगरपालिकाको प्रशासनिक, नीतिगत निर्णय, कार्यपालिका बैठक लगायत कार्यमा परेको छ। चार महिनादेखि महानगरपालिका प्रमुख साहले कार्यपालिका बैठक राखेका छैनन्। २०८१ पुस १४ पुस गते १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठकपछि हालसम्म कार्यपालिका बस्न सकेको छैन।

त्यस अगाडि महानगरपालिका हरेक महिनामा एकचोटि कार्यपालिका बैठक बस्दै आएको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ मा पनि ‘कार्यपालिका बैठक कम्तीमा महिनाको एक पटक बस्ने छ’ भन्ने उल्लेख छ। कार्यपालिका बैठक बोलाउने जिम्मेवारी पनि पालिका प्रमुखलाई दिएको उक्त ऐनमा उल्लेख छ।

तर, लामो समयसम्म पनि प्रमुख साहले बैठक नबोलाएपछि महानगरपालिकाका प्रवक्ता एवं वडा १७ का वडाअध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्षहरूले गत चैत १० गते कार्यपालिकाको बैठक माग गर्दै प्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रोटोन एजुकेसन
adb bank long