जनार्दन शर्माले भरतलाई साथ दिदा देव गुरुङले किन जनाए आपत्ति  ?

काठमाडौं। छिमेकी मुलुक भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा गरेको सैन्य कारबाहीको सन्दर्भमा नेकपा माओवादी केन्द्रका पदाधिकारीबीच मत बाझिएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले भारतले पाकिस्तानमाथि गरिरहेको आक्रमण न्यायोचित मान्न नसकिने बताएका छन् । महासचिव गुरुङले जम्मू कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमला पाकिस्तानले नै गराएको भन्ने स्वतन्त्र रुपमा पुष्टि नभइसकेको अवस्थामा भारतले गरेको आक्रमण अविलम्ब रोकिनुपर्ने धारणा राखेका छन् ।

माओवादी महासचिव देवप्रसाद गुरुङले अहिले भारतले पाकिस्तानमाथि गरिरहेको आक्रमण न्यायोचित मान्न नसकिने टिप्पणी गर्दा उपमहासचिव जनार्दन शर्माले गत अप्रिल २२ तारेखमा कश्मीरको पहलगाममा पाकिस्तानबाटै हमला गराइएको संकेत गरेका छन् ।

महासचिव गुरुङले जम्मु कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमण पाकिस्तानले गराएको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अवस्थामा भारतको हवाई आक्रमण अविलम्ब रोकिनुपर्ने बताएका छन् ।

‘हिजो भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा फाइटरमार्फत् क्षेप्यास्त्र आक्रमण गरेको छ । यो अत्यन्तै दु:खद हो । भारतले आक्रमणको कारण केही दिनअगाडि कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको बदला बताइएको छ’, गुरुङले भनेका छन्, ‘निश्चय पनि जनसंहारकारी आतंककारी गतिविधिको विरोध गर्नैपर्छ। तर पहलगामको आक्रमण कसले गरेको हो भन्ने स्वतन्त्र पुष्टि भएको देखिँन्दैन। यस्तो स्थितिमा पाकिस्तानलाई आरोपित गरी आक्रमण गर्नु न्यायोचित मान्न सकिने कुरा भएन । अतः त्यस प्रकारको सैन्य कार्यबाही अविलम्व बन्द गरी संवाद गरिनुपर्छ ।’

माओवादी उपमहासचिव शर्माले भने आतंकवादविरुद्ध भारतले गरेको अप्रेशनमा सबैले साथ दिनुपर्ने बताएका छन् । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हुन आउने उनको तर्क छ।

‘भारतले आतंकवादविरुद्ध ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो’, शर्माले भनेका छन्, ‘आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो । शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्नु आवश्यक छ।’

उपमहासचिव शर्माले भारतले पाकिस्तानमा गरेको अपरेशनबारे धारणा राख्दा पाकिस्तानबारे मौनता साँधेका छन् ।

प्रोटोन एजुकेसन
adb bank long