गभर्नरको बिषयले देउवा दम्पतीमा खटपट

काठमाडौं । राष्ट्र बैंक नेतृत्वविहीन भएको हिजो बुधबार एक महिना पूरा भएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २४ गतेदेखि उक्त पद रिक्त छ । अहिले डेपुटी गभर्नर नीलम ढुंगानाले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

ढुंगानाले आफूले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने बताएकी छन्। ‘कार्यकारी निर्देशकको राजीनामा पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ। मैले स्वीकृत गर्न मिल्दैन भन्नुभएको छ ।’ बैंकका एक उच्च अधिकारीले भने ।

उता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा आज साँझ बोलाएको मन्त्री परिषदको बैठकमा गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको छ ।

गभर्नर नियुक्तिका सम्बन्धमा राजनीतिक सरगर्मी बढिरहेको र यही कारण सरकारकै भविष्यमाथि प्रश्न उठिरहेको बेला मंगलबार सत्ता साझेदार दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिको विषय ढिला हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नभएको भन्दै बचाउ, मात्रै गरेनन्, यो समस्या आउनुमा राष्ट्र बैंकभित्रको आन्तरिक समस्या भएको समेत बताए।

राष्ट्र बैंकमा गभर्नरका लागि पछिल्ला दुई मुख्य दाबेदार हुन् कामु गभर्नर ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट । भट्टलाई कांग्रेसको समर्थन रहेको बताइन्छ भने ढुंगानालाई एमालेको समर्थन छ ।

कांग्रेसभित्रै पनि गभर्नरको उम्मेदवारको सम्बन्धमा एकमत नभएकोले समस्या भएको बताइन्छ । सभापति देउवा भट्टको पक्ष मा भएपनि परराष्ट्र मन्त्री आरजु राणा देउवा भने भट्टको पक्षमा छैनन् । आरजु यी दुईमा नीलमप्रति सफ्ट रहेको बताइन्छ । गुणाखरले आरजुलाई ओभरटेक गरेर सिधै देउवासमक्ष पुगेपछि आरजु बेखुश छन् । गभर्नरका बिषयमा श्रीमान् श्रीमती बीच कुरा नमिल्दा खटपट देखा परेको छ । आरजुले अहिलेपनि ज्ञानेन्द्र ढुंगानालाई नै गभर्नर बनाउने पक्षमा छन् ।

खासगरी राणा नबिल बैंकबाट केही समयअघि मात्रै राजीनामा दिएका ज्ञानेन्द्र ढुंगानालाई गभर्नर बनाउन चाहन्छिन् । महिला अधिकारमा वकालत समेत गर्दै आएकी राणा ज्ञानेन्द्रको सम्भावना नहुँदा ‘नीलम नै ठीक’ भन्ने पक्षमा छिन् । यसले गर्दा उनले नियुक्ति लम्ब्याउन सहयोग गरिरहेको सम्बद्ध पक्षको दाबी छ ।

प्रोटोन एजुकेसन
adb bank long