काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा आज साँझ मन्त्री परिषदको बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिएका छन् ।
आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ।
राष्ट्र बैंक नेतृत्वविहीन भएको हिजो बुधबार एक महिना पूरा भएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २४ गतेदेखि उक्त पद रिक्त छ । अहिले डेपुटी गभर्नर नीलम ढुंगानाले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेकी छिन् ।