नवलपरासी । जिल्ला अदालत नवलपरासी (सुस्ता पश्चिम)का एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले दुई लाख घुससहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अदालतका सहायक कम्प्युटर अपरेटर रामलखन बनियाँ रहेका छन् । उनी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियारले बनियाँलाई पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट घुससहित नियन्त्रणमा लिइएको हो।