किन पक्राउ परे पोखरा महानगरपालिकाका वडाध्यक्ष ?

पोखरा । कर्मचारी र व्यवसायीलाई हातपात गरेको आरोपमा पोखरा महानगरपालिकाका वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।

व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए ।

सोही दिन फुटपाथमा पसल राखेको भन्दै वडाध्यक्ष पराजुलीले व्यवसायी सुवेदीलाई समेत कुटपिट गरेका थिए ।

कर्मचारी माथी भएको हातपातको विरोधमा आज महानगरमा कर्मचारीहरूले कामकाज ठप्प पारेका थिए ।

प्रोटोन एजुकेसन
adb bank long