महान्यायाधिवक्ता बडालको निर्णयले कांग्रेसमा हंगामा, सरकारमा हलचल

काठमाडौं। महान्यायाधिवक्ता रमेश  बडालले गरेको एउटा निर्णयले कांग्रेस भित्र हंगमा भएको छ भने ओली सरकारको जग हल्लाउने देखिएको छ। सरकारमा प्रधानमन्त्री ओली पछाडि दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको दिदी रिता वैद्यसहितलाई मुद्दा चलाउने निर्णय गरेर महान्यायाधिवक्ता बडालले सरकारको जग हल्लाउने निर्णय गरेको चर्चा व्यापक छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर नेपाली कांग्रेस  र नेकपा एमालेबीच खटपट चलिरहेका बेला प्रधानमन्त्री ओलीका विश्वासपात्रले बाल मन्दिर प्रकरणमा मुद्दा चलाउने निर्णय गरिदिएका हुन्। बाल मन्दिरको २९ रोपनी जग्गा हिनामिनामा सिंहको प्रत्यक्ष संलग्नता रहेको छ। उक्त प्रकरणले कांग्रेस-एमाले सत्तामा समेत विश्वासको संकट पैदा हुने अवस्था आएको हो।

महान्यायाधिवक्ता बडालले उपप्रधानमन्त्री सिंहकी सहोदर दिदी रिता सिंह वैद्य जोडिएको बाल मन्दिर जग्गा हिनामिनामा मुद्दा चलाउने निर्णय गरेर सत्ता सहायात्री कांग्रेस भित्र आगो सल्काइदिएका छन् । त्यस्तै सरकारको जग हल्लाइदिएको विश्लेषण गरिएको छ ।

प्रहरीको केद्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बाल मन्दिर प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णय उल्ट्याउँदै महान्यायाधिवक्ता बडालले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा सिंहसहित १७ जनाविरुद्ध ठगी मुद्दा चलाउने निर्णय गरेको हो।

प्रोटोन एजुकेसन
adb bank long