काठमाडौ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिईन् ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो ।
गत वर्ष वैशाख २४ गते काठमाडौंको बसन्तपुरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याउने कार्यक्रमको उद्घाटन गरेका थिए ।