काठमाडौं। अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। यतिबेला कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी कोशी प्रदेश, बागमती प्रदेश ,गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
















