गभर्नर नियुक्तिमा प्रधानमन्त्रीले हलो अड्काए भन्नेलाई देउवाको जवाफ

काठमाडौ । पछिल्लो समय कांग्रेस-एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको दाबी गर्दै सो कुरा बताएका हुन्।

देउवाले भने- ‘गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंकभित्रकै समस्याले हो। ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन।’

प्रोटोन एजुकेसन
adb bank long