प्रहरीमा डीआईजीहरूको ब्यापक सरुवा, को-को बने प्रदेश प्रमुख ? (सूचीसहित)

काठमाडौँ । लामो रस्साकस्सीपछी गृहमन्त्री रमेश लेखकको निर्णयबाट नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ ।

सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् । जस अनुसार , कोशी प्रदेशमा इश्वर कार्की, मधेश प्रदेशमा उमा प्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल र गण्डकी प्रदेशमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशको प्रहरी प्रमुखमा राजेन्द्र प्रसाद भट्टलाई पठाइएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोमा गोविन्द थपलियालाई सरुवा गरिएको छ । डम्बर बहादुर बिक सुदुरपश्चिम प्रदेशमा सरुवा भएका छन् ।

 

प्रोटोन एजुकेसन
adb bank long