आफ्नै विद्यार्थीले खुँडा हान्दा शिक्षक मरणासन्न अवस्थामा

दाङ । दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई आफ्नै विद्यार्थीले खुँडा प्रहार गर्दा कुम र दुबै हातको पाखुरामा गम्भीर चोट लागेको छ । यो घटना शुक्रबार बिहान साढे १० बजेतिरको हो ।

तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि सोही स्कुलमा पढ्ने विद्यार्थीबाट खुँडा प्रहार भएको हो । स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी सुरेश सुनारले खुँडा प्रहार गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठको बायाँ कुम र दुवै हातको पाखुरामा खुँडा प्रहार भएको प्रहरीको भनाइ छ । घाइते शिक्षकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुँडा प्रहार गरेको आरोपमा शनिबार राति पौने ९ बजेतिर प्रहरीले सुनारलाई पक्राउ गरेको छ । खुँडा प्रहारको कारण भने खुलिनसकेको दाङ प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।

प्रोटोन एजुकेसन
adb bank long